किन यस्तो- मेरो देश शिक्षा, स्वस्थ्य, रोजगारी थप्प, पलायन हुँदैछ युवा बिदेश । भ्रष्ट छ यहाँ - भ्रष्टचारीको छ हुल- खुलेको छैन अझै अर्थतन्त्रको मुल । पुर्वाधारको न छ राम्रो बिकास- दिगो बिकासले पाएको छौन निकास । शोषण हुन्छ यहाँ जनताको पलपल गरिव बन्दैछ गरिवमाथी गरिब हरपल । जनताको प्रतिनिधि पनि जनताको रहेनन- जनतालाई नै धोका दिन तल्लिन छन । खेल हुन्छ यहाँ मिनेट मिनेट कमिसनको- देश सकिने भो भ्रष्ट नेतृत्वमा नेताको । शून्य छ यहाँ शून्य अवस्था- गरिबी, बेरोजगारी अनि अस्तव्यस्त व्यवस्था । नेपालीको गौरवशाली त्यो इतिहास- सम्झनामा मात्र रहने भो बुझेस... नहुने भो अब बिकास र समुन्नतिको आस । र अन्तिम प्रश्न फेरि- मेरो देशको अवस्था कस्तो ???