Letra da música
नशा थियो प्यालाको मातिएँ अलिकति
आहट तिम्रो थपिंदा मातिएँ कतिकति
चल्यो छुरा कता पहिरो कहाँ गयो
जुद्दा नजर तिमीसंग मातिएँ कतिकति
पस्यो हुरि दिलैमा होश उडिगयो
समिप तिम्रो हुँदा मातिएँ अलिकति
संगीत तिम्रो पाउजुको मुटु छोईगयो
महक तिम्रा अंगका मातिएँ कतिकति
होशमै आज किन मदहोशी छाईदियो
नशा रक्सीले होइन मातिएँ कतिकति|
श्याम लोहनी