जीवन्त रहन्छ कहानी थाहा छ माया बस्दै छ जानीजानी थाहा छ। उसका हर कुरामा सिद्धान्त देख्छु तर्क छ बोलीमा छे ज्ञानी थाहा छ । भरपुर माया, थोरै रिस उसमा यस्तै यस्तै छ नि बानी थाहा छ । भव्य छन् उसका चाहाना, इच्छा प्रीतकी खानी मनकी रानी थाहा छ । सजाउदा आखामा नबिझाउने नानी, सङ्लो छे उ जस्तै पानी थाहा छ ।