शिव चरणमा ढोग लगाई शिव चरणमा ढोग लगाई लोभ मोह सब दोष भगाई जीउछु जीवन प्रभु मै लगाई शिव चरणमा ढोग लगाई जीवन काहा पुग्छ र बाचिरहनलाई हुदैन एकनाश हासिरहनलाई मगमगाउने फूल झरे जस्तै झर्छ जीवन प्राण त्यस्तै शिव चरणमा ढोग लगाई लोभ मोह सब दोष भगाई शिव चरशमा ढोग लगाई बिताउछु जीवन भक्तिमा लगाई शिव चरणमा ढोग लगाई पशुपति नाथ देउ हाम्रो साथ एक्लो जीवनमा पाएनौ हाथ पशुपतिनाथ देउ हाम्रो साथ जीवन अपुरो पाएनौ हाथ जगत वाट बैराग्य ल्याएर खुशी छु प्पभु तिमीलाई पाएर प्रभु चरणमा ढोग लगाई दोष मोह सब पाप भगाई शिव चरणमा ढोग लगाई दोष पाप सब मोह भगाई ।